
काठमाडौँ – देशका पूर्वी क्षेत्रको मौसम अहिले बदली भएको छ भने मध्य तथा पश्चिम क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
पूर्वको मौसम केही बेरमा खुले पनि दिउँसो फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।
मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा दिउँसो तिर बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मनसुन भने अहिले पनि निष्क्रिय अवस्थामै छ र अझै केही दिन सक्रिय हुने सम्भावना छैन ।
तर केही दिनअघिसम्म वायुमण्डलमा रहेको बालुवा तथा धुलोको कण भने अहिले नरहेको मौसमविदले जानकारी दिएका छन् । अब पर्ने पानीमा लेदो नदेखिने मौसमविद नगरकोटीले बताइन् ।