ब्रेक फेल भएका कारण बस दुर्घटना

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो
+
-

काठमाडौँ – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जनाको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये २५ जनालाई धुलिखेल अस्पताल ल्याइएकोमा ४ जनाको मृत्यु भएको र अन्यको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रवक्ता हरि खतिवडाले बताए।

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए। जसमध्ये ८ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?