पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित
+
-

काठमाडौँ- पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशन भएको छ।

ललितपुर महानगरपालिकाको आयोजनामा गरिएको एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो।

हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले पुस्तकमा हिति प्रणालीबारे प्रष्टसँग बुझाएका छन्।

कार्यक्रममा जोशीले हिति जोगाउन आवश्यक रहेको बताएका छन्। काठमाडौँमा पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात् ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेको छ।

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरुको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्।

‘सडक निर्माण, सहरमा बनिएका ठूला भवन लगायतले हिति सुक्दै गएको छ यसलाई हामीले संरक्षण गर्न जरुरी छ।’

उनी भन्छन्, ‘हिति संरक्षण काठमाडौँको ढल व्यवस्थापनसँग पनि जोडिन्छ। हिति प्रणाली हामीबाट अरुले सिक्न जरुरी छ। अव्यवस्थित जानीलाई कसरी व्यवस्था गर्ने भन्ने कुरा बुझ्न हिति प्रणालिलाई हेरे पुग्छ।’

हिति प्रणाली भावी पिढि र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि अकल्पनीय उदाहरण रहेको जोशीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?