
अ
+
अ
अ
-
धनगढी-प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका, २ बनखेतमा चेकजाचको क्रममा सोही ठाउका २५ वर्षका तोय नाथलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार नाथलाई मगलवार राती पक्राउ गरिएको हो।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भईरहेको घिमिरेले बताए।