झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालयको ठहर

झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालयको ठहर
+
-

काठमाडौँ- झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

झापाका हालसम्म कोहिपनि ‘नाइरोबी फ्लाइ’ संक्रमित विरामी आधिकारीक रुपमा फेला नपरेको स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख युवराज घिमिरेले बताएका छन्।

झापामा तीन पालिकामा ‘नाइरोबी फ्लाइ’ फेला परेको भन्ने समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको उनले बताए।

गर्मी बढेसँगै झापामा शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिसहरु उपचारका लागि आउने क्रम बढेको भन्ने सुन्नमा आए पनि त्यसलाई परीक्षणविनै ‘नाइरोबी फ्लाइ’ हो होइन एकिन भन्न नसकिने बताएका छन्।

‘ल्याबमा परीक्षण नगरी ‘नाइरोबी फ्लाइ’ हो वा होइन भनेर भन्न सकिदैन।’ उनी भन्छन्, ‘केही फार्मेसी चलाएर बस्नु भएका वा अहेव साथीहरुले झापामा ‘नाइरोबी फ्लाइ’ फेला प र्‍याे  भन्नुभएको रहेछ उहाँहरुले के आधारमा भन्नु भयो मलाई थाहा भएन। परीक्षण नगरी त्यसै बोल्न मिल्दैन।’

झापामा ‘नाइरोबी फ्लाइ’ भेटिएको भन्ने समाचारबारे स्वास्थ कार्यालयको ध्यानआकर्षण भएकोसमेत उनले बताएका छन्। उनले प्रमुख जिल्ला अधिकारी तथा हरेक पालिकाका स्वास्थ्य शाखा अधिकृतहरुसँग निरन्तर सम्पर्कमा रहेको समेत उनले बताए।

यसअघि झापाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेको भन्ने समाचार आएको थियो।

मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको भनिएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?