
काठमाडौं-तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभु बैंकले नयाँ शाखा खोलेको छ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले मनमैजु शाखाको उद्घाटन गरे।
ग्राण्ड बैंकसँग मर्जपछि एकै स्थानमा दोहोरिएका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
नयाँ शाखाबाट उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा बैंकिङ् सुविधाहरु पाउने बैंकले जनाएको छ।
बैंकले पहिलो त्रैमासिक अवधिमा २५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन उसले ४० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ।