
काठमाडौँ– योग दिवसको अवसरमा काठमाडौँमा आर्ट अफ लिभिड समाज नेपालले योग शिविर सञ्चालन गरेको छ ।
समाजकी शाष्टिय शिक्षक संयोजक पूनम उप्रेतीका अनुसार बुधबार पशुपतिनाथ सन्ध्या आरती स्थलमा भएको योग शिविरमा भारतीय राजदूत मन्दीप पुरी सहितको सहभागीता रहेको थियो ।
भारतका प्रख्यात आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिडको सुरुआत भएको हो । यसले मानिसलाई भौतिक कोलाहलका बीचमा आध्यात्मिक शान्ति प्राप्त गरी शान्तिपूर्वक जीवन यापन गर्ने कला सिकाउँछ ।