
सिमकोट – नाम्खा र सिमकोट गाउँपालिकाका तीस वटा आधारभूत विद्यालयलाई फोर जी ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरिने भएको छ।
नेपाल टेलिकमको ग्रामीण दूरसञ्चार कार्यक्रमअन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो।
नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुुसार गाउँपालिकाका १७ वटा आधारभूत विद्यालयलाई फोर जी ब्रोडब्यान्ड इन्टरनेट सेवाका लागि मेसिन वितरण गरिएको छ। यसबाट ती विद्यालयमा इन्टरनेटको पहुुँच पुुग्नेछ। विद्यालयमा इन्टरनेट प्रविधिको पहुँच पुर्याउनका लागि नेपाल टेलिकमले यी सामग्री उपलब्ध गराएको र गाउँपालिकाले विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको छ।
यी सबै विद्यालयमा गाउँपालिकाबाट प्राविधिक खटाएर तत्काल जडान गरिनेछ।
विद्युुत्को व्यवस्था भएका विद्यालयमा तत्काल र नभएका विद्यालयमा गाउँपालिकाले सोलार व्यवस्था गरेर उक्त सेवा जडान गर्नेछ।
त्यसैगरी, टेलिकमको सोही कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकाका १३ वटा विद्यालयलाई पनि मेसिनसहित सामग्री वितरण गरिएको छ।
गाउँपालिकाले एक–दुुई दिनमा प्राविधिक खटाएर इन्टरनेट सेवा जडान गर्ने भएको छ। सिमकोटका अधिकांश विद्यालय विद्युुत्को पहुँचमा छन्।
सिमकोट गाउँपालिका–२ को पञ्चमुुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले इन्टरनेटको पहुँचबिनै पठनपाठन भइरहेका बेला सो सेवा जडानपछि विद्यालयलाई अतिरिक्त क्रियाकलाप खोजेर पठनपाठनमा सहयोग पुुग्ने बताए।
जिल्लाका अन्य पाँच वटा गाउँपालिकाका सबै आधारभूत विद्यालयमा सो कार्यक्रम परे पनि टेलिकमबाट सामग्री भने ल्याइएको छैन।