
काठमाडौँ- एस इन्स्टिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजना गरिने ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो। विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् ।
यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । यसको नाट्य, आलेख र निर्देशन प्रदीपकुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन्।
उक्त नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ । सो नाटक दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।
एस इन्स्टिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदीपकुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन्।
नाटक ‘एक सिक्का’ लोक कथामाआधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइएको छ ।