
विष्णु तिवारी
असार ३२, २०७९

अ
+
अ
अ
-
ढुकुटीका दाम बगाए कसरी
सबै बात उता लगाए कसरी।।
भाग नपाइ कचिङ्गल सारा
आङका भैँसी भगाए कसरी।।
आफ्ना घरका उधारि छाना
छाउन उसका सघाए कसरी।।
ऊ घोडा चढ्दा म धुरी चढ्ने
नौला ति तन्त्र जगाए कसरी।।
देखाए सपना सुदूर दूर जाने
आआफ्ना मन्त्र डगाए कसरी।।
सुनपानी छम्कि चोखा बनेका
नहसुरि लुकाइ अघाए कसरी।।

