नक्कली छाप र दस्तखत प्रयोग गरी बैंकबाट पैसा निकाल्ने एक जना पक्राउ

नक्कली छाप र दस्तखत प्रयोग गरी बैंकबाट पैसा निकाल्ने एक जना पक्राउ
+
-

काठमाडौँ- चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ घर भइ हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वासुदेव अर्याल रहेको महानगरीय प्रहरी परिस काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक–पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको बताएका छन्।

अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्यालमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?