तिलोत्तमाकी उपमेयर चौधरीले बनावटी आरोप लगाएको भन्दै पत्रकारको आपत्ति

तिलोत्तमाकी उपमेयर चौधरीले बनावटी आरोप लगाएको भन्दै पत्रकारको आपत्ति
+
-

बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभाको विषयलाई लिएर उपप्रमुखले बनावटी आरोप लगाएको भन्दै पत्रकारले खण्डन गरेका छन्।

तिलोत्तमा नगरपालिका, रुपन्देहीकी उपप्रमुख जगेश्वरी देवी चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख विषयको खण्डन गर्दै पत्रकारद्वय यमलाल भुसाल र रेखा भुसालले आपत्ति र असहमति जनाएका छन्।

‘हलमा बैठकको लाइभ मोबाइलमा हेरेर समाचार तयार पार्ने क्रममा थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैठक सुरु भएको केही समयमा सभा स्थगित भएपछि नगर सभामा सहभागी जनप्रतिनिधिहरु होहल्ला गर्दै हामी रहेको हलतिरै आउनु भयो। त्यसपछि जनप्रतिनिधिहरु हामी बसिरहेको हलभित्रै पसेर हो–हल्ला गर्न थालेपछि हामीहरु हाम्रा झोला, ल्यापटपसहितका सामग्री त्यहीँ राखेर फोटो भिडियो खिच्न थाल्यौँ। त्यसपछि हलभित्र थप तनाब सिर्जना भयो। हामी सकेसम्म भीडभन्दा टाढै बस्ने प्रयास गर्दै सोही क्रममा बाहिर निस्केर मोबाइलबाटै समाचार तयार गर्यौं। लामो समयसम्म विवाद जारी रहेपछि हामी दुबै जनाको झोलाभित्र रहेकाले लिन जाँदै थियौँ। भीडभाड रहेकाले एकैजनाले दुबैको झोला ल्याउने भन्दै म (यमलाल)भित्र पसेको हुँ। त्यहाँ मेरो र अर्को एक झोला मात्रै थियो, सोही झोला रेखा भुसालको ठानेर टेवलमा राखिएको ल्यापटप व्यागमा राखेर निस्कदै थिएँ। सो झोला लुकिचोरी नभइ सबैको सामुन्नेबाट लिएर निस्कन लाग्दा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीले अचानक झोला खोस्न आउनु भयो। मैले आफू पत्रकार भएको र आफूले बोकेको झोला पत्रकार रेखा भुसालको भएको बताएको थिएँ। तर उहाँले जबरजस्ती खोस्न थाल्नु भयो।’

विज्ञप्तिमा आफूहरूले कुनै नियत नराखी जिज्ञासा समाधान गर्न खोज्दा अभद्र व्यवहार भएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिइएको छ।

‘मैले फेरि दोहोर्‍याएर हुलमुलमा यदि झोलामा हामी झुकिएर साटिएको भए जुन ठाँउबाट ल्याएको हो, त्यहीँ राखिदिन्छु भनेर आग्रह गर्दा पनि उहाँले मान्नु भएन। त्यतिभन्दा पनि ममाथि अभद्र व्यवहार गर्दै उपप्रमुखले झोला खोसेर लग्नुभयो। त्यसरी झोला ल्याउनुमा हामी दुबै जनाको कुनै खराब नियत थिएन। तर उपप्रमुख चौधरीले नगरपालिकाको म्याइन्यूट नै मैले (यमलाल भुसाल) झोलामा राखेर बल्ल झोला उठाएको भन्ने आरोपसमेत लगाइ विज्ञप्ति जारी गर्नुभएको छ। उपप्रमुख तपाईले जुन आरोप लगाउनु भएको छ, सो आरोप प्रमाणित गर्नुस् म सदाका लागि पत्रकारिता पेशा नै छाड्न तयार हुनेछु,’ विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?