यी हुन् दिलमाया सुनारको हत्या भएको पुष्टि गर्ने कारणहरु

यी हुन् दिलमाया सुनारको हत्या भएको पुष्टि गर्ने कारणहरु
+
-

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको गत असार ११ गते शनिबार मृत्यु भयो।

अघिल्लो राति फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो।

यद्यपि दिलमायाको परिवारले किटानी जाहेरी दिएका दिलमायाका प्रमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठ नै हत्यामा संलग्न रहेको प्रहरीले प्रमाणहरुका आधारमा पुष्टि गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्तासमेत भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका हुन्।

दिलमायालाई श्रेष्ठले पहिले देखिनै शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरीले अनुसन्धानका क्रममा खुलेको छ। उनीहरुबीच अवैध सम्बन्ध समेत रहेको पाइएको घट्नामा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

उनमा अनुसार घटना भएको राति श्रेष्ठ मादक पदार्थ सेवन गरी दिलमायाको कोठामा नै थिए।

मृतकको पाखुरा, खुट्टा समेतमा ताजा चोटपटक देखिनु, झुण्डिएको अवस्थामा लास नहुनु, घटनास्थलमा निज दिलमायाले पासो लगाई आत्महत्या गरेको जस्तो कुनै पनि स्थान, वस्तु फेला नपर्नु जस्ता कुराले दिलमायाको हत्या नै भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

त्यस्तै श्रेष्ठले बयानका क्रममा राति सुत्ने बेलामा दिलमायाले मोबाइल चलाइरहेको भनेका थिए । अनुसन्धानको क्रममा उनीहरु दुवै जनाको मोबाइल लोकेसन घटनास्थलमा देखिएको प्रहरीले जनाएको छ।

त्यति मात्र नभई श्रेष्ठ घटना भइसकेपछि उनी त्यहाँबाट भागेका थिए। पछि प्रहरीले श्रेष्ठले भनेकै ठाउँबाट हत्याका लागि प्रयोग गरिएको भनिएको सलसमेत भेटाएको थियो।

दिलमायाले आत्महत्या गरेको देखाउन फेसबुकमा स्टाटस पोष्ट गरिएको थियो तर मोबाइल तथा फोटो एल्बममा भएका संयुक्त फोटोहरु समेत लिई प्रमाण नष्ट गरेको र प्रतिवादी तथा मृतकको संयुक्त फोटो च्याती आफ्नो फोटो लिई मृतकको फोटो सोही स्थानमा नै फाली भागेको पुष्टि भएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?