काभ्रेमा कोरोना संक्रमणदर बढ्दाे

काभ्रेमा कोरोना संक्रमणदर बढ्दाे
+
-

काठमाडाैँ – काभ्रेमा दैनिक कोरोना संक्रमणदर बढिरहेको पाइएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ।

१३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा आठ संक्रमित निको भएको जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक-एक संक्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा.पुरुषोत्तम सेडाईँले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा संक्रमितदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ।

यस्तै, नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका छन्। हाल जिल्लामा कुल ४२ मा संक्रमण रहेको हो।

करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा संक्रमण देखिएको छ। यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?