छुट्टीको दिन घुम्न निस्किएका थिए झापामा मृत फेला परेका तीन किशोरी

छुट्टीको दिन घुम्न निस्किएका थिए झापामा मृत फेला परेका तीन किशोरी
+
-

काठमाडौँ – झापाको कचनकवल गाउँपालिकामा आइतबार बिहान तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीले आइतबार बिहान साढे सात बजे झुन्डिएको अवस्थामा उनीहरूको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। डिएसपी पाठकका अनुसार किशोरीहरू शनिबारबाटै हराएका थिए।

‘उनीहरू हिजोबाटै हराएका रहेछन्। छुट्टीको दिन घुम्न भनेर बिहानदेखि नै घरबाट निस्किएका रहेछन्। साँझसम्म पनि घर नआएपछि हिजोबाट नै घर परिवार र स्थानीय भएर खोजी गरेका रहेछन्। त्यसैक्रममा आज बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन्’, उनले भने,’मृत भेटिएका तीनै जना आफन्त रहेछन्, उनीहरू पहिलेबाटै धेरै मिल्ने, जता जाँदा पनि सँगै जाने गरेका थिए भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’

मृत अवस्थामा भेटिएका ती किशोरीहरू चिया बगानमा काम गर्ने गरेका थिए। घटनाको प्रकृति हेर्दा तीनै जनाले आत्महत्या गरेको हुनसक्ने डिएसपी पाठकले बताए।

‘घटनास्थललाई हेर्दा पनि त्यहाँ हत्या गरेर कसैले लगेर रुखमा झुण्ड्याएको जस्तो देखिँदैन। तर पनि शवको पोस्टमार्टम नभएसम्म के कारणले मृत्यु भएको हो भनेर यकिनसँग भन्न सकिँदैन’, उनी भन्छन्,’ हामीले परिवारसँग बुझ्दासमेत कुनै किसिमको झैंझगडा नभएको भन्ने पाएका छौँ। अब बाँकी कुरा पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानबाट खुल्नेछ।’

उनले थपे, ‘अहिलेसम्म किशोरीहरूले झुण्डिएर आत्महत्या गरेकोजस्तो देखिन्छ। तर शवको पोस्टमार्टम अझै बाँकी छ। अहिले नै यकिनसाथ निष्कर्षमा पुग्न हतार हुन्छ।’

प्रहरीका अनुसार दुई जना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

कचनकवल गाउँपालिका वडा- ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएको अवस्थामा फेला परेको पाठकले बताए।

मृत फेला परेका किशोरी दुई जना १६ ‍र एक जना १७ वर्षका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?