
काठमाडौँ – काठमाडौँबाट भक्तपुरको दुधपाटी जाँदै गरेको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा कम्तिमा १५ जना घाइते भएका छन्।
बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा उनीहरु घाइते भएको भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेले बताएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।
घाइतेहरुको भक्तपुर अस्पताल, डा. इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको उनले बताएका छन्।