खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु
+
-

काठमाडाैँ – चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन्।

भरतपुर महानगरपालिकाऔ-१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीया रुष्मा आचार्य घिमिरेलाई आइतबार राति करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।

कृष्णप्रसादले आफ्नै घरको तीन तलामाथि रहेको बैठककोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागि रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राति नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

खुकुरी प्रहार गर्ने निजको श्रीमान सोही तीन तलामाथिबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए।

हाम फालेर भाग्न खोज्दा गम्भीर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?