
काठमाडौँ– शनिबार देशको पूर्वी र मध्ये क्षेत्रमा बादल लाग्ने र सामान्य वर्षा हुने भएको छ। बिहानैदेखि बादल लागेको मौसम दिनभरी यस्तै रहन सक्ने मौसमविद्ले बताए।
मौसम विद् गंगा नगरकोटिका अनुसार भारतको उत्तर प्रदेश र पश्चिमबाट आएको हावाले न्यून चापिय रेखा बनाएको छ। यस्तै सतही रुपमा बंगाललको खाडिबाट आएको हावाले देशको पूर्वी र मध्ये क्षेत्रमा सामान्य वर्षा गर्ने छ।
आज सुदूर पश्चिमको क्षेत्रमा मध्यान्न पछि बादल लाग्ने नगरकोटीले उनले बताइन्।