‘सिद्धबाबा’लाई महायज्ञमै बलात्कारी भनेपछि…

‘सिद्धबाबा’लाई महायज्ञमै बलात्कारी भनेपछि…
+
-

काठमाडौँ- पशुपतिनाथ मन्दिरको परिसरमा सञ्चालन भइरहेको ‘अतिरुद्र महायज्ञ’ मा एक महिलाले सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेकी छन्।

अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेसँगै प्रहरीले उनलाई यज्ञबाट बाहिर निकालेको थियो।

उनलाई प्रहरीले सोधपुछका लागि गौशाला वृत्त लगिएको प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईले बताएका छन्। यद्यपि सोधपुछपछि प्रहरीले उनलाई छोडिसकेको छ। शाहीलाई उनका श्रीमान्‌ आएर लिएर गइसकेको भट्टराईले बताएका छन्।

गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ ।

प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । शाहीले बलात्कारीको आरोप लगाएसँगै होहल्ला सुरु भएको थियो। प्रहरीले होहल्ला नियन्त्रण गर्न शाहीलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता भएपछि सिद्धबाबा भनिने कृष्ण गिरीमाथि लागेको मुद्दाको अझै किनारा लागिसकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?