एसपीपी पास गराउन अमेरिकाको दबाब छैनः मन्त्री श्रेष्ठ

एसपीपी पास गराउन अमेरिकाको दबाब छैनः मन्त्री श्रेष्ठ
+
-

काठमाडौँ–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपीपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

मन्त्री श्रेष्ठले विदेशी कुटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गरे।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रशनको उत्तर दिँदै उनले विदेशी कुटनीतिज्ञहरु आउँदा शंका गर्ने नभई भ्रमणलाई देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने कुरामा जोड दिनुपर्ने बताए।

उनले गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी गर्दै तत्काल एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुनै योजना नरहेको उल्लेख गरे।

उनले भने, ‘हामीले केही समयअघि नै एसपीपीको बारेमा जानकारी गराएका छौँ। निर्णय गरिसकेका छौँ। परराष्ट्र मन्त्रालयमा गइसकेको छ। मन्त्रालयले अमेरिकालाई पठाउँछ। हामीले भ्रमण हुने बित्तिकै शंक गर्नुपर्छ? के गर्न लाग्यो भन्ने सोच्नुहुँदैन। कुनै देशको कुटनीतिज्ञ आउँदा हामीले सम्मान नै गर्नुपर्छ। हामीले भ्रमणलाई कसरी हाम्रो देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने भन्ने कुरामा सोच्नुपर्छ। एसपीपी पास गर्न अमेरिकाले कुनै दबाब दिएको छैन। गठबन्धन आगामी निर्वाचनसम्म नै जान्छ। एमालेसँग गठबन्धन गरेर चुनावमा जाने भन्ने छैन । हामी गठबन्धनमै जोड दिने पक्षमा छौँ।’

मन्त्री श्रेष्ठले संघीय निजमति ऐनलाई मन्त्रालयले अघि बढाएको बताए।उनले मन्त्रालयले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान भनेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान बनाउन लागेको र त्यहाँ संघीयताबारे अध्ययन अनुसन्धान गर्ने बताए।

उनले सबै क्षेत्रमा संघीय मामिला सम्बन्धी कामलाई व्यवस्थित रुपमा अघि बढाएका उल्लेख गर्दै कर्मचारीतन्त्रलाई नयाँ ढंगले पुनर्संरचना गर्दै कर्मचारीमैत्री ऐनको व्यवस्था गर्ने घोषणा गरे।
उनले भने, ‘संघीय निजमति ऐनलाई अघि बढाएका छौँ। संघीय मामिला प्रशिक्षण प्रतिष्ठान भनेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान बनाउँदैछाँै। त्यसले संघीयताबारे अध्ययन अनुसन्धान गर्नका लागि काम हुनेछ। हामीले सबै क्षेत्रमा संघीय मामिला सम्बन्धी कामलाई व्यवस्थित रुपमा अघि बढाएका छौँ। कर्मचारीतन्त्रलाई नयाँ ढंगले पुनर्संरचना गर्दै अघि बढ्दैछौँ। कर्मचारीमैत्री ऐनको व्यवस्था गर्नेछौँ।’

मन्त्री श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै पार्टीबाट फुटेर नयाँ पार्टी दर्ता गर्नुको कुनै औचित्य नरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?