
न्यूजल्याण्डको प्रधानमन्त्री ज्याकिन्डा अड्रेन छोरीकि आमा भएकि छिन्। तीस वर्षकी प्रधानमन्त्री अड्रेनले बिहिबार पहिलो सन्तान छोरी जन्माएकि हुन्।
उनले आफ्नो अफिसियल इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेर लेखेकी छिन्, ‘छोरी साँझ ४ बजेर ४५ मिनेट जाँदा यो धर्तीमा आइपुगिन्, उनको तौल ३.३१ किलोग्राम छ।
तपाईहरु सबैको सुभेक्क्षा र मायाप्रति कृतज्ञ छुँ। साथै अकल्याण्ड सिटि हस्पिटललाई पनि धन्यवाद छ।’
सन्तान जन्माउने मिति १७ जुनको भएपनि उनी अस्पतालमा अलि अगाडि देखिनै भर्ना भएकी थिइन्। उनको सन्तानलाई स्वागत गर्नको लागि नागरिकसँगै मिडिया पनि उत्साहित थिए। उनी अस्पताल भर्ना भएदेखि नै उनलाई कुरेर बसेका थिए। न्यूजल्याण्डको एक पत्रकार जेस्सी चियाङ्गले उनी र अरु पत्रकारहरु ६ बजेसम्म उनलाई कुरेर बसेको ट्वीट गरेकी थिइन्। ‘अहिलेसम्म बच्चा जन्मिएको छैन, तर उनीहरु मिडियालाई खाना खुवाइरेका छन्।’
No baby yet…but they are feeding the media 😀 pic.twitter.com/864J1oqPzF
— Jessie Chiang (@je_chiang) June 21, 2018
प्रधामन्त्री अस्पताल भर्ना भएसँगै नागरिकहरुले बच्चाको नाम राख्न सुझाउन थालेका थिए।
तर उनले आफ्नो छोरीको नाम ‘निभ टे अरोहा अड्रेन गेफोर्ड’ राखेकि छन्। निभको अर्थ, उज्जल, टे अरोहा को अर्थ माया हो। उनी र उनका पार्टनरले एक महिनादेखि बच्चाको नाम खोजिरहेका थिए।
३७ वर्षकी अड्रेन न्यूजल्याण्डकी प्रधानमन्त्री हुन्। न्यूजल्डाण्डले १५० वर्षपछि युवा प्रधानमन्त्री पाएको हो।