भूकम्पपीडितको कर्जाको ब्याजदर २ बाट ५ प्रतिशत बनाउने तयारी

भूकम्पपीडितको कर्जाको ब्याजदर २ बाट ५ प्रतिशत बनाउने तयारी
+
-

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भूकम्प पीडितलाई दिदैं आएको कर्जाको ब्याजदर बढाउने तयारी गरेको छ।

सरकारले दुई प्रतिशत ब्याजदरमा भुकम्प पिडितलाई कर्जा दिने स्किम ल्याएपनि धेरै भुकम्पपिडितले कर्जा पाउन सकेका छैनन्।

राष्ट्र बैंकले बैंकहरुलाई ऋण दिन दवाव दिएपछि अहिलेसम्म भुकम्प पिडितहरुले १ अर्ब ५१ करोड रुपैयाँ ऋण पाएका छन्।

दुई प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न बैंक इच्छुक देखिएका थिएनन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत भूकम्प पिडितको कर्जाको ब्याजदर बढाएर ५ प्रतिशत पुर्याउने तयारी गरेको हो।

बैंक वितीय संस्थाको व्याजदरको बेस रेट सरकारले भुकम्प पिडितलाई कर्जा दिने बैंकलाई अनुदान स्वरुप उपलब्ध गराउने गर्छ।

सरकारले भुकम्प पिडितलाई शहरमा २५ लाख रुपैयाँ र गाउँमा १५ लाख रुपैयाँसम्म ऋण दिने स्किम ल्याएको थियो।

२ प्रतिशत ब्याजदरमा आकर्षित नभएका बैंकले ५ प्रतिशत ब्याजमा कर्जा लगानी बढाउने राष्ट्र बैंकको अपेक्षा छ।

स्रोतले भन्यो,’ वाणिज्य बैंकमा उच्च अधिकारीले ऋणको व्याजदर ५ प्रतिशत पुगे धेरै भुकम्प पिडितले ऋण पाउने बताएपछी सरकारले व्याजदर बढाउने बिकल्पबारे सोचेको हो। ‘

पुनर्कर्जा २ वर्ष भन्दा बढी नविकरण गर्न नमिल्ने राष्ट्र बैंक ऐनको प्रावधानले २ प्रतिशतमा कर्जा लिएका व्यक्तिहरुको ब्याजदर बढ्न थालेको भन्दै भुकम्प पिडित आक्रोशित छन्।

राष्ट्र बैंकले ऐन संसोधन नहुँदा सम्म पुनर्कर्जाको बिषय सम्बोधन हुन नसक्ने बताउँदै आएको छ। स्रोतका अनुसार राष्ट्र बैंकले भुकम्प पिडितको माग सम्बोधन गर्न राष्ट्र बैंक ऐन संसोधन गर्ने तयारी पनि गरेको छ। तर स्वार्थ समुहले ऐन संसोधन गर्दा खेल्ने भन्दै राष्ट्र बैंक एक थरी उच्च अधिकारी ऐन संकोधनको विपक्षमा रहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’