
काठमाडौं- तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको बताएको हो।
ब्यूरोका प्रवक्ता योगेन्द्र कुमार खड्काका अनुसार पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुसवाह, प्रदेश २–०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षीय सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका बताएका छन्।
उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरीएको हो। ब्यूरोले सोसँग संलग्न अन्य २२ जनालाई पक्राउ गरी बुधबार नै सार्वजनिक गरेको छ।