चिनियाँ नागरिक अपहरणको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ

चिनियाँ नागरिक अपहरणको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ
+
-

काठमाडौँ – चिनियाँ नागरिक अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरीसमेत रहेको खुलेको छ। अपहरणमा नेपाल प्रहरीमा कार्यरत एक हवल्दारको पनि संलग्नता रहेको प्रहरी उच्च स्रोतले बतायो।

नेपाल प्रहरीमा कार्यरत ती हवल्दार एकजना न्यायाधीशका पीएसओका रूपमा कार्यरत रहेको बुझिएको प्रहरीले बताएको छ। यद्यपि उनी कुन न्यायाधीशका पीएसओ हुन् भन्ने प्रहरीले खुलाएको छैन।

उनीहरूले चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मित्रनगरस्थित प्यूठान होटल एन्ड लजमा बन्धक बनाएका थिए।

उक्त होटलमा चिनियाँ नागरिकलाई बन्धक बनाएका उनीहरूले १ करोड रूपैयाँ फिरौती बार्गेनिङ गरेका थिए। चिनियाँ नागरिकका आफन्त ५० लाख रूपैयाँ दिन तयार भएका थिए।

बार्गेनिङपछि फिरौती रकम लिन आएका बेला बिजी मलअगाडिबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?