मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट
+
-

काठमाडौँ- गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोडेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका राईले इन्गेजमेन्ट तोड्ने निर्णय सुनाएकी हुन्। आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले जनाएकी छन् ।

संगीतकर्मीसमेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन्। फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत स्पष्ट पारेकी छन्।

‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन् ।

आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी भएको जनाएकी छन् ।

भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?