
महोत्तरी – महोत्तरीको औरहीमा १३ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको पीडित बालिकाका परिवारले बताएका छन् ।
बालिकामाथि जंघा खोलमा आइतबार दिउँसो ४ बजेतिर दुई युवकले सामूहिक बलात्कार गरेको आरोप लागेको छ । बालिका भाँडा माझ्न खोलमा गएका बेला यो घटना भएको हो ।
बालिकाले आफूलाई दुई युवकले जवरजस्ती करणी गरेको बताएपछि घरपरिवारले प्रहरीमा खबर गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको र अर्का युवकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले बताएका छन् ।