रासनको अनियमितताबारे बोल्दा जेल परेका हवल्दारको रिहाइ माग्दै आन्दोलन (तस्बिरहरुसहित)

रासनको अनियमितताबारे बोल्दा जेल परेका हवल्दारको रिहाइ माग्दै आन्दोलन (तस्बिरहरुसहित)
+
-

काठमाडौँ- ससस्त्र हेडक्वार्टरमा हातहतियार र गोपनीयताको सूचना दिएको भनेर गलत विवरण पेस गरेर ससस्त्रको अदालतबाट एक प्रहरीलाई गलत तरिकाले जेल चलान गरेको भन्दै दार्चुलाका ससस्त्र प्रहरी ४४ नम्बर गणको ध्यानाकर्षण भएको छ।

ससस्त्र प्रहरीलाई बिदा दिएर रासन भत्ता बापतको रकम आफुले खाने गरेको सूचना पत्रकारलाई दिएको भनेर हवल्दारलाई सशस्त्र हेडक्वाटरमा उल्टै हातहतियार र गोपनीयताको सूचना दिएको भनेर गलत विवरण पेस गरेर ससस्त्रको अदालतबाट गलत तरिकाले जेल चलान गरेकोमा ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।

यो बिषयमा प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालय र ससस्त्र प्रहरी प्रमुखलाई आन्दोलन मार्फत ध्यानाकर्षण गराउने उनीहरुले बताएका छन्। सोही अनुसार काठमाडौँको माइतीघरमा भेला भएर उनीहरुले न्यायको माग पनि गरेका छन्।

उनीहरुले अदालत परेका नरेश साउदलाई रिहाइ गर, हामी देशमा सिपाही न्यायका लागि लड्ने छौँ, म बोर्डरमा सुरक्षा गर्ने म जेल जाने मेरो राशन एसपि खाने, हामी सिपाही पीडित कहिलेसम्म हाकिमले खान्छन् राशन भत्ता जहिलेसम्म जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।

यता ससस्त्र प्रहरीका प्रवक्ता विदुर खड्काले भने आन्तरिक छानबिन समिति बनाएर प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार उक्त घट्ना हाल अदालती प्रक्रियामा रहेको छ।

तस्बिरहरु: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?