बुटवलको सडक निर्माणमा चासो दिन नगर प्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

बुटवलको सडक निर्माणमा चासो दिन नगर प्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण
+
-

बुटवल – बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडक विभागको ध्यानाकर्षण गराएका छन्।

नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटक–पटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सुझाव दिए।

‘बुटवलको सडकको दुरावस्था समाधानका लागि हामीले निरन्तर प्रयत्न गरिरहेकै थियौँ,’ नगरप्रमुख पाण्डेयले भने, ‘ती प्रयासहरुपछि सडक विभागकै महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराउँदा अझै बढी चासो पुग्ने र सडक निर्माणको काम अघि बढ्ने विश्वासका साथ हामीले भेटेर सबै समस्याहरुको बारेमा जानकारी गराउँदै निर्माण कम्पनीको लापरबाहीबारे पनि जानकारी गराएका छौँ।’

उनले समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद नथप्न र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उपायको खोजी गर्न सुझाव दिएको बताए।

‘महानिर्देशकले हामीलाई सडक निर्माणको काममा गम्भीरतापूर्वक चासो दिने प्रतिबद्धता जनाउनुभएको छ,’ नगरप्रमुख पाण्डेयले भने, ‘हामीले सडक निर्माणका क्रममा देखिएका समस्या र समाधानको बारेमा छलफल गर्‍यौँ, यसले सडक निर्माणको कामले तीब्रता पाउने आशा देखिएको छ।’

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको बुटवल चौराहादेखि गोलपार्क खण्डको बारेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा निरन्तर चासो र दबाब दिइँदै आएको छ।

आयोजना कार्यालय, सडक डिभिजनमा डेलिगेशन र लगातारको छलफलपश्चात बुटवल क्षेत्रका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समितिसमेत बनेको छ।

समितिले साप्ताहिक रुपमा बैठक बसेर कार्यप्रगति तथा समीक्षा गर्दै सडक विस्तारका क्रममा देखिएको समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्दै आएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

खानेपानी, विद्युत कार्यालय र निर्माण कम्पनीसँग समस्या र समाधानको खोजीका लागि भएका छलफलले काममा सहज बनाएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?