प्रहरीको गोली लागेर बञ्चरेडाँडामा एक जना घाइते

प्रहरीको गोली लागेर बञ्चरेडाँडामा एक जना घाइते
+
-

काठमाडौँ – काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा गएको गाडी स्थानीयले रोकेसँगै सुरु भएको झडपका क्रममा एक युवक प्रहरीको गोली लागेर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय करिब २५ वर्षीय युवक कमल तामाङ रहेको धुनीवेशी नगरपालिका-१ का  वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार स्थानीय बासिन्दाले काठमाडौँबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो।

प्रहरीले चलाएको रबरको गोली आँखानजिकै लागेर ती युवक घाइते भएको वडाध्यक्ष तामाङले बताए। वडाध्यक्षका अनुसार उनलाई उपचारका लागि काठमाडौँको मनमोहन अस्पतालमा भर्ना गरिएको छ। उनको आँखामाथिको भागमा रबरको गोली अड्किएको र हाल उपचारको क्रममा रहेको तामाङले बताए।

फोहोर लिएर गएको गाडीलाई स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबिच झडप भएको थियो। प्रहरीले स्थिति सामान्य पार्न केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो। तनावकै बीच डेढ सयभन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?