प्राधिकरणको नाफा १६ अर्ब १६ करोड रुपैयाँ, चुहावट रोकेर मात्रै २ अर्ब थप आम्दानी

प्राधिकरणको नाफा १६ अर्ब १६ करोड रुपैयाँ, चुहावट रोकेर मात्रै २ अर्ब थप आम्दानी
+
-

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा बढेर १६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणले बुधबार ३७ औं बार्षिकोत्षव कार्यक्रमको आयोजना गर्दै  प्राधिकरणको नाफा १६ अर्ब नाघेको सार्वजनिक गरेको हो।

अघिल्ला आर्थिक वर्षमा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले नाफा बढाउँदै सरकारी संस्थामध्ये सबैभन्दा बढि आम्दानी र नाफा कमाउने संस्था बनेको छ।

प्राधिकरणले भारतलाई  बिजुली बिक्री गरेर मात्रै ३ अर्ब ८८ करोड आम्दानी गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

उनी भन्छन्, ‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहहरुबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो।’

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा रहेको छ ।

आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताएका छन् ।

प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको उनले बताएका छन्। त्यस्तै विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ ।

विद्युत् प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । चुहावट रोकेर मात्रै प्राधिकरण २ अर्ब थप आम्दानी गरेको उनले बताएका छन्।

आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

त्यस्तै आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।

प्राधिकरणले विद्युतीय ऊर्जामा आत्मनिर्भर भई बढी भएको विद्युत् छिमेकी देशमा निर्यात गर्ने कार्ययोजना बनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाललाई विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाई बढी भएको बिजुली छिमेकी देशमा निर्यात गर्ने भावी कार्ययोजना सार्वजनिक गरेका हुन्।  यसले देशको आर्थिक अवस्था सदृढ बनाउने प्राधिकरणको दीर्घकालीन लक्ष्य रहेको उनले बताएका छन्।  यसका लागि प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने उनले बताएका छन्।   ६३५ मेगावाटको दुधकोशी, १०६१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी-पाचौं र ६० मेगावाटको मोदी (माथिल्लो र तल्लो) जलविद्युत आयोजनाहरुको निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाइने उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?