लिमीका विद्यार्थीले पाए शैक्षिक सामग्री

लिमीका विद्यार्थीले पाए शैक्षिक सामग्री
+
-

सिमकोट – राज्यबाट जाने सेवा–सुविधा बिरलै पुग्ने नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री सहयोग पाएका छन्।

राज्यबाट दरबन्दीमा खटिएका शिक्षक नपुगेका ती विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले उक्त सहयोग उपलब्ध गराएको हो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीका दुई वटा विद्यालय हिमशिखर र सुनखानी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एक वर्षका लागि पुग्ने स्टेसनरी, पोषाक, झोला उपलब्ध भएको बताए।

उक्त सहयोग सामग्री विद्यार्थीको हातहातै वितरण गरिएको थियो। उनले यो सहयोगबाट विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त शैक्षिक सामग्री सहयोग उपलब्ध गराउने आधार विकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाले दुई वटा विद्यालयका ५६ जना छात्रछात्रालाई शैक्षिक सामग्री र पोसाक सहयोग गरिएको बताए।

सिमकोटबाट गाडीमा ढुवानी गरेर लिमी पुर्याएर ती सामग्री वितरण गरिएको हो। एक जना विद्यार्थीका लागि वर्षभरि लाग्ने शैक्षिक सामग्रीको हिसाब निकालेर वितरण गरिएको छ। ती सामग्रीमा कापी, कलम, अंग्रेजी माध्यमको पाठ्यपुस्तक, सिसा कलम, कटर इरेजर, जोमिट्री बक्स, कलर, झोला, अभ्यास पुस्तिका, पोषाक, ज्याकेट र जुत्ता छन्। गत वर्षबाट लिमीमा उक्त कार्यक्रम लागू भएको थियो।

आधारले लामो समयदेखि उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका १२ वटा विद्यालयका शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। तीन वटा मावि र नौ वटा आधारभूत विद्यालयमा यो सहयोग हुँदै आएको छ। त्यसका साथै विद्यालय भवन निर्माण गर्ने, जनशक्ति उपलब्ध गराउने कार्य पनि हुँदै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष