बुटवल उपमहानगरले बनायो असारे विकास रोक्ने गरी कार्यसञ्चालन तालिका

बुटवल उपमहानगरले बनायो असारे विकास रोक्ने गरी कार्यसञ्चालन तालिका
+
-

बुटवल – रूपन्देहीको बुटवल उपमहानगरपालिकाले असारे विकास रोक्ने गरी विकास निर्माणमा सम्झौता गर्न कार्यसञ्चालन तालिका बनाएको छ।

आइतबार बसेको कार्यपालिका बैठकले मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत गर्ने निर्णय गरेको हो।

मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट तयार गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ।

क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरीवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको छ।

उपमहानगरपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ। बैठकले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए।

कर्मचारीलाई मासिक रूपमा दिँदै आएको इन्धन सुविधा घटाएर चार पांग्रे गाडीका लागि ३० लिटरबाट घटाएर २० लिटर डिजेल, मोटरसाइकलका लागि १२ लिटरबाट घटाएर ८ लिटर पेट्रोल, स्कुटरका लागि ५ लिटरबाट घटाएर ४ लिटर दिने निर्णय भएको हो।

यस्तै, मोबाइल खर्चबापत मासिक १ हजार रूपैयाँ दिँदै आएकोमा ५०० रूपैयाँ दिने निर्णय भएको उनले बताए।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?