इङ्लिस प्रिमियर लिग: चेल्सी स्तब्ध, सिटी रोकियो

इङ्लिस प्रिमियर लिग: चेल्सी स्तब्ध, सिटी रोकियो
+
-

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ।

लिड्सले चेल्सीलाई ३-० ले पराजित गर्‍यो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे।

खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे। यस्तै, ६९औँ मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २-० ले पराजित गरेको थियो। जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ।

थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो। तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औँ स्थानमा छ।

यता, सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३-३ को बराबरी खेल्यो। सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो।

खेलको पाँचौँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए। तर, खेलको २८औँ मिनेटमा मिगुएल अल्मिरोन, ३९औँ मिनेटमा कलुम विल्सन र ५४ औँ मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछी न्युकासललाई ३-१ को अग्रता लियो।

खेलको ६४औँ मिनेटमा एर्लिङ हालाण्ड र ६४औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-३ गोलको बराबरीमा ल्याए।

बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ। न्युकासल ५ अंक जोडेर छैटौँ स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?