काठमाडाैँकाे फाेहाेर दुई दिनभित्र उठाइसक्ने

काठमाडाैँकाे फाेहाेर दुई दिनभित्र उठाइसक्ने
+
-

काठमाडाैँ – संकलन भएकाे लामाे समयसम्म पनि पूर्ण रुपमा उठ्न नसकेकाे काठमाडौँ महानगरपालिकाे फाेहाेर अब भने सबै उठाइने भएकाे छ।

अब दुई दिनभित्रै काठमाडाैँ उपत्यकामा राेकिएर रहेकाे फोहोर उठिसक्ने महानगरपालिकाले जनाएकाे छ।

फाेहाेर बिसर्जन गर्ने विषायमा मेयर बालेन शाह र बञ्चरेडाडाँका स्थानीयबीच सशर्त सहमति भएकाे भएपनि स्थानीयले विभिन्न बहानामा फाेहाेर बिसर्जनमा अवराेध गर्दा प्रभावित भएकाे फाेहाेर व्यवस्थापन कार्य अब भने सहज ढंगबाट हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

उनका अनुसार उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दाबढी ट्रक र टिपर प्रयोग भइरहेका छन्। यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन्।

प्रवक्ता मानन्धरका अनुसार निजी क्षेत्रको सहयोगले उपत्यकाको फोहोर व्यवस्थापनमा निकै सहज भएको छ। महानगरसँग फोहोर फाल्ने पर्याप्त कन्टेनर नभएको अवस्थामा निजी क्षेत्रबाट ट्रक तथा टिपरको सहयोग मिलेकाले फोहोर व्यवस्थापन छिटो हुने उनकाे भनाइ छ।

पछिल्लो तीन दिनयता स्थानीयले अवरोध पनि गरेका छैनन्। उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए। यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गर्ने स्थानीयले बताएका छन्।

काठमाडौँको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ। यी स्थानबाट दुई सय ५० वटा गाडी फोहोर बन्चरेडाँडा पुर्‍याइए महानगरले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?