धौलागिरि लघुवित्तको आईपीओ बुधबार बाँडफाँट हुने

धौलागिरि लघुवित्तको आईपीओ बुधबार बाँडफाँट हुने
+
-

काठमाडौँ – धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ। यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो।

धौलागिरि लघुवित्तले गत २४-२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्।

धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक-एक कित्ता सेयर पाउनेछन्। यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?