यतो धर्मस्ततो जयः

यतो धर्मस्ततो जयः
+
-

हिन्दु प्रज्ञा र कल्पनाकारिता निसंदेह अपरिमित छ । क्वांटा, ग्लुआन, प्लाज्माको ‘पेरीफेरी’ मा पुगेको आधुनिकतम भौतिक विज्ञान पनि त्यसबेला हतप्रभ बन्न पुग्छ जब ‘क्वाण्टम फिजिक्स’ अवधारणाको सन्दर्भमा पनि हिन्दु धर्मग्रन्थमा केहि न केहि उल्लेख भएको थाहा पाउँछ ।

मंसिरमासको पुर्व संन्ध्यामा सूर्यको राप र ताप दुबै दुर्बल भइ चीसो शनैः शनैः विस्तीर्ण हुँदै गइरहेको छ । बढेको चीसोलाई हुन गइरहेको निर्वाचनले भरसक तताउने चेष्टा पनि आकार लिन थाली सकेको छ । यस्तो रमाइलोबेलामा को नै ‘विज्ञान विषयी’ पढ्न रुची राख्लान र ?

र यस जोगीको चुनाव विषयक धारणा पढेर प्रबुद्ध पाठक/मतदातालाई के लाभ ? तर लेख्न त शुरु भइ सक्यौ, लेख्छु नै, आउनुस मसँग राजनीतिको एउटा बेग्लै यात्रामा, ल सुरु गरौ महाभारत ।
महाभारतको सम्पूर्ण उद्देश्य हाम्रो वर्तमान नेपाली परिस्थिती झै शान्ति, स्थिरता, धर्म, सुशासन(अरु यावतका विशेषण पाठक स्वयंले थपे हुन्छ) कायम गर्नु थियो । त्यसमा पनि शान्ति र धर्म सर्वोपरि !

कृष्ण भन्‍नुहुन्छ:
परित्राणाय साधुनाम् विनाशाय च दुष्कृताम्
धर्म संस्थापनार्थाय …. हे अर्जुन म बारम्बार आउँछु।

महाभारतमाथि धेरैले टीका टिप्पणी गरेका छन् । कसैले त्यस महायुद्धको प्रमुख खलपात्र दुर्योधनलाई देख्छन, कसैले धृतराष्ट्रलाई । भीष्मलाई पनि दोषारोपण गर्नेको संख्या न्यून छैन । गैर जिम्मेदार र निर्लज्ज टिप्पणीकर्ताहरुले द्रौपदीलाई यसको श्रेय दिन, किचिंत, पनि धक मान्दैनन् । विचरा स्वनामधन्य टिप्पणीकार !

तर के शकुनि, कर्ण, दुर्योधन, र उसका ९९ अन्धभक्त भाईहरु, गान्धारी, एवम् पाण्डव पक्षका युधिष्ठिर, भीम, अर्जुन, कुन्तीको सहयोग र समर्थन नभएको भए महाभारत हुन सक्थ्यो ? सर्वोपरि कृष्णले नचाहे भए के युद्ध हुन संभव थियो ? यस्ता हजारौं कारणको संयोग जुटेर शान्तिका लागि महाभारतको प्रबन्ध भएको होइन र ?

ओहो शान्तिका लागि ! ?
महाभारतमै विचरण गरौ, शान्तिबारे पात्रहरुको बयान पढौ ।
युद्ध प्रारम्भ हुनु भन्दा पहिला घृतराष्ट्रले संजयद्वारा युधिष्ठिरलाई सन्देश पठाउने बेला यसो भनछन्:
यथा राज्ञः क्रोधदीप्तस्य सूतः मन्योरहं भीततर: सदैव ।

अलं तपोब्रह्मचर्येण युक्तः संकल्पोऽयं मानसस्तस्य सिध्येत ।।
म महाबली र पराक्रमीहरुसँग भयभीत छैन । मलाई युधिष्ठिरसँग डर लाग्छ, उ तपस्वी र ब्रह्मचर्यव्रती हो । उसले लिएको संकल्प सिद्ध हुन्छ ।
धृतराष्ट्रलाई पनि थाहा छ, विदरुले नीति उपदेश दिदां उनी भन्छन् :

सर्व त्वमायतीयुक्तम भाषसे प्राज्ञसंमतम् ।
न चोत्सहे सुतं त्यक्तुम यतो धर्मस्ततो जयः ।।

अनिच्छुकताले भए पनि धृतराष्ट्र स्वीकार गर्न बाध्य हुन्छ, ‘मलाई थाहा छ जता धर्म छ, जय पनि उतैको हुन्छ ।’

कर्णले कृष्णको सविस्तार शान्ति आग्रह सुने पनि गर्छ त्यही जुन शान्तिको विपक्षमा हुन्छ ।

क्षपयिष्यति नः सर्वान्स सुव्यक्तम् महारणे ।

विदितम् मे हृषीकेश यतो धर्मस्ततो जय ।।

कर्णलाई थाहा छ जता धर्म छ, विजय उस्कै हुन्छ ।

व्यासले धृतराष्ट्रलाई भन्छन् :

दिष्टमेतत्पुरा चैव नात्र शोचितुमर्हसि ।
न चैव शक्यं संयन्तु यतो धर्मस्ततो जयः ।

तर धृतराष्ट्रलाई सिंहासन मोहले न धर्मकै ज्ञान हुन्छ, न शान्ति नै उसको प्राथमिकतामा पर्छ ।

युद्धभूमिमा विशाल सेना देखेर युधिष्ठिरको सातो न उडेको होइन । अर्जुनले सम्झाउछन् ः

त्यक्त्वा धर्म च लोभं च मोहं चोद्यममास्थिताः ।

युध्यध्वमन हंकारा यतो धर्मस्ततो जयः ।।

भीष्मले पनि दु्र्योधनलाई भन्छन् :

राजन्सत्वमयो हेष तमोराग विवजितः ।
यत : कृष्णस्ततो धर्मो यतो धर्मस्ततो जयः ।।
तर स्वयं साथ भने दुर्योधन कै दिन्छन् ।
महाभारतका अधिकांश पर्वहरुमा ‘यतः धर्मस्ततो जयः’ भन्‍ने वाक्यांश बारम्बार दोहरिन्छ तर धर्मको निक्र्यौल भने हुन्न ।

महाभारतका समस्त पात्र अहिले नेपालको राजनीतिमा संलग्न भएको देख्न सकिन्छ । कौरव र पाण्डवको स्पष्ट विभाजन छैन । धर्मको निरुपण त द्वापरमा हुन सकेको थिएन, कलियुगमा हुन नसकेमा के अचरज ! ?
महाभारतताका सबै ‘करेक्टर’ सिंगल थिए । एउटा शकुनी, एउटा दुर्योधन, एउटा धृतराष्ट्र, एउटा भीष्म, एउटा अर्जुन, एउटा पांचाली, एउटा कर्ण ….।

कताकता मलाई गौरव लाग्छ वर्तमान नेपालको नागरिक भएकोमा । मेरो समयमा अनेकौ शकुनी छन्, अनेकौ दुर्योधन छन्, अनेकौ दुस्साशन छन्, अनेकौ धृतराष्ट्र छन्, अनेकौ शिखंडी छन्, अनेकौ जुआडे युधिष्ठिर छन्, अनेकौ भीष्म छन्, अनेकौ कर्ण छन् । छैन त मात्र महाभारतको एउटा पात्र छैन ।

कृष्ण बाहेक सबै सबै पात्र वर्तमान नेपाली राजनीतिमा उपलब्ध छन् । राजनीतिका एक एक खेलाडीहरुको चरित्र महाभारतका विविध पात्रहरुसँग दुरुस्त मेल खान्छ । यो भन्दा बढी भन्नु जोगीको धर्म भित्र पर्दैन । चिन्नुस तपाई आफै चिन्नुस शिखंडीहरुलाई, शकुनिहरुलाई, धृतराष्ट्रहरुलाई, दुस्साशनहरुलाई,।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?