काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक गतिरोधलाई निष्कर्ष दिन राजनीतिक दलहरू नै अग्रसर हुनुपर्नेमा जोड दिएकी छन् । बिहिबार राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भण्डारीले राजनीतिक दलहरू दुईतिर उभिएकाले निष्कर्ष आउन गाह्रो भएको धारणा राखेको दाहालका प्रमुख स्वकिय सचिव भेषराज शर्माले बताए ।
‘राष्ट्रपतिले दलहरूलाई जनमत छ । जनताले ठूलो आशा गरेका छन् त्यसैले दलहरूलाई छिटो निकास निकाल्न आग्रह गर्नुभयो’, शर्माले देशसञ्चारलाई बताए ।
दाहालका स्वकीय सचिव जोगबहादुर महराले पनि राष्ट्रपतिसँगको भेट समसामयिक विषयमै केन्द्रित भएको बताए ।
यो पनि हेर्नुहोस्: