नारायणगढ–मुग्लिन सडकको सूचना अब ‘एसएमएस’बाटै

नारायणगढ–मुग्लिन सडकको सूचना अब ‘एसएमएस’बाटै
+
-

चितवन – नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ ।

कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा मंगलबारदेखि एसएमएस सेवा सुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् ।

उनका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताउनुभयो । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ ।

घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए । यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्रफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?