यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति?

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देश, कुनसँग कति?
+
-

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ।

कुल वैदेशिक व्यापारमध्ये नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ।

भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन्।

भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ। चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ।

विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ।

यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?