नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ
+
-

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपि भरत बोहोराले बताएका छन्।

उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्।

प्रहरीले प्राकाउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गर्दै सार्वजनीक गरेको हो।

प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी प्रभाग कोटेश्वरसमेतबाट खटिएको बिशेष प्रहरी टोलीले हरि वली भन्ने ब्यक्तिको संलग्नता पाइएको थियो। सो लगत्तै प्रहरीले निजको डेराबाट बिभिन्न ब्राण्डका मदिराहरु ४ कार्टुन सिल प्याक गरिएको अवस्थामा फेला पारी बरामद गरी वलीलाई नियन्त्रणमा लिएको हो।

उनीसँग थप सोधपुछ गरी अनुसन्धान गर्दा उक्त मदिरा उत्पादन, ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने कार्यमा संलग्न अन्य ३ जना ब्यक्तिहरुको पहिचान खुल्न आएको बोहोराले बताएका छन्।

नक्कली मदिरा उत्पादन गर्ने मुख्य ब्यक्तिको पहिचान तथा फ्याक्ट्रीको अवस्थितिसमेत भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-२ दुवाकोट रहेको भन्ने उनीहरुबाट थप खुल्न आए बमोजिम जिल्ला प्रहरी परिसर भक्तपुरसमेतको समन्वयमा प्रहरीले छापा मारेको परिसरका पवक्ता एसपि दिनेशराज मैनालीले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?