
बुटवल- प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गरेका छन्।
संघीय सरकारले बुटवल उपमहानगरपालिका-८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ।
सम्मेलन केन्द्रकाे लागत १ अर्ब ११ करोड रहेकाे छ।
सभाहल नेपालको झन्डा आकारमा तयार पारिएको छ।
सभाहलसहित ६ वटा बैठक हल र दुईवटा बहुउद्देश्यीय हल भवन तयार भएको छ।
सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ।
चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ।