प्रतिनिधि सभा बैठकमा सांसदहरूले के-के भने?

प्रतिनिधि सभा बैठकमा सांसदहरूले के-के भने?
+
-

काठमाडौँ- नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ‘फाष्ट ट्रयाक’ बाट पारित गर्न नहुने बताएका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो विधेयकलाई संसदबाट फाष्ट ट्रयाकमा पारित गर्नु नहुने बताएका हुन्।

यो विषय संवेदनशिल भएको उल्लेख गर्दै उनले प्रक्रियालाई उल्लंघन गरेमा झनै गिजोलिने बताए। उनले प्रक्रियालाई अवमूल्यन नगर्न चेतावनी दिए।

नेकपा माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले यो विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन्। राज्यका निकायहरू स्वतन्त्र ढंगले चल्न नसकेको भन्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन राज्यका निकायहरू स्वतन्त्र रूपले चल्नुपर्ने बताइन। उनले शान्ति प्रक्रियाको सम्बन्धमा एनजिओ, आइएनजिओको निर्देशनअनुसार राज्यका अंगहरू चलेको आरोपसमेत लगाइन्।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डरीले समस्या समाधानका लागि १ अर्ब ८० करोडको बजेटको व्यवस्था गरिएको भन्दै पारदर्शी रूपले काम हुनुपर्नेमा जोड दिए। उनले छानबिन समितिमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने बताए। एनजिओ आइएनजिओको सहयोग लिँदा एकीकृत रूपमा लिनुपर्ने उनको भनाइ छ।

नेकपा एमाले का सांसद गोकुलप्रसाद बाँस्कोटाले विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने गम्भीर सवाल उठेको बताए।

उनले विधेयकले मानव अधिकारको सम्बन्धमा संविधानको परिकल्पनालाई समेत चुनौती दिएको पनि बताए। न्याय निरूपणको सम्बन्धमा विशेष अदालतको माग गर्नुले अन्तर्राष्ट्रिय मानव अधिकार, कानुन र संविधानको बर्खिलापमा गएको उनको भनाइ छ। न्याय निरूपण अहिले भइरहेकै अदालतबाट हुनुपर्नेमा उनको जोड छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हत्या, अपहरणजस्ता मानवअधिकार उल्लंघन गर्नेहरूलाई आम माफी दिन नहुने बताए।

उनले घुमाउरो पाराले पीडकलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याइएको टिप्पणी गरे। उनले पीडकलाई फौजदारी दायित्व बहन गराउनुपर्ने बताए।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सत्य निरूपण तथा छानबिनको विषय केवल पीडक र पीडित पक्षको मात्र नभई राज्यको विषय भएको बताइन्। उनले यस सम्बन्धमा पीडक र पीडित भनेर विभक्त हुनु नहुनेमा जाेड दिइन्। उनले विधेयकलाई हरेक दिन बैठक राखेर भएपनि यही संसदले टुंग्याउनुपर्ने बताइन्।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले शान्ति प्रक्रियाको बाँकी रहेको काम तत्काल टुंग्याउनुपर्ने बताइन्। उनले मानव अधिकारको विश्वव्यापी मान्यतासँग सुहाउँदो गरी बाँकी काम सम्पन्न हुनुपर्नेमा जोड दिइन्।

सांसद पन्तले सर्वोच्च अदालतले दिएको आदेश, अन्तर्राष्ट्रिय कानुन, द्वन्द्वपीडितहरूको मागलाई ध्यानमा राखेर यो विधेयक पास गर्न जरुरी रहेको बताइन्। उनले द्वन्द्वपीडित परिवारको मागलाई सम्बोधन गरिनुपर्ने माग राखिन्। नेपालको शान्ति प्रक्रियालाई विश्वको नमूनाको रूपमा बनाउनुपर्ने उनकाे भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?