
काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।
पछिल्लो समय निरन्तर रुपमा शेयर बजारमा उत्तारचढाव आइरहेको छ। आइतबार ३३ अंकले गिरावट आएको नेप्से सोमबार ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ।
आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ। सोमबार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ। म्युचुअल फण्डको भने सबैभन्दा बढी १.१२ प्रतिशतले घटेको छ।
सोमबारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ। रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ। तर, यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५.७० प्रतिशतले घटेको छ। सोमबार नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ।