
काठमाडौँ – सनराइज बैंक लिमिटेडले थप चार शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
बैंकको ९२ औँ र ९३ औँ शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं. ३ ईटारी प्रसाही, सिरहामा र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १० दुधिअवामा विस्तार गरेको हो।
यसैगरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १८ शोभापुरमा ९४ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
साथै भाद्र १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ६, शरणामतीमा ९५औंशाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकमभुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ। कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।