सामसुङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र ५ प्रो

सामसुङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र  ५ प्रो
+
-

काठमाडौँ- सामसुङले ग्यालेक्सी बड्स २ प्रो,  ग्यालेक्सी वाच ५ र  ५ प्रो लञ्च गरेको छ।

दुवै उपकरणहरूले सामसुङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्यालेकसी बड्स २ प्रोले गहनश्रवणको अनुभव प्रदान गरेर काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न मद्दत गर्नेछ।

बड्स २ प्रोमा जडित ताररहित हाइफाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले जस्तै भीडमा बसेर पनि युट्युबमा मन्त्रमुग्ध भएर कन्सर्ट सुन्नमा कुनै व्यवधान नआउने कम्पनीले जनाएको छ।

कम्पनीले बड्स २ प्रोमा भएको सक्रिय ध्वनि रद्द गर्ने (एएनसी), जसलाई पहिलेको तुलनामा अधिक सुधार गरिएको बताएको छ।
यस्तै सबै बाहिरी हल्लाहरूमाथि नियन्त्रण प्राप्त गरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न सघाउने समेत बताएको छ। यसको बजार मूल्य २७ हजार ९सय ९९ रहेको कम्पनीले बताएको छ।

यस्तै, ग्यालेक्सी वाच ५ र वाच ५ प्रोका पहिलेको संस्करणलाई सुधार गरेर यसको ब्याट्रीको जीवन, टिकाउपना लगायतको स्तरोन्नति गरेको कम्पनीले जनाएको छ।

दुवै ग्यालेक्सीवाच ५ र वाच ५ प्रोमा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले ग्राहकहरूलाई राम्ररी बुझन् सक्ने बनाइएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको जसले प्रयोगकर्ताहरूलाई वर्क आउटहरू वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्नेछ।

वाच ५ प्रो हरेक चुनौतीहरूका लागि तयार रहने गरी बनाइएको बताइएको छ। यो नच्यातिने गरी डी बकल स्पोर्टस् ब्याण्डको साथमा धेरै टिकाउ र स्लिक हुने गरी टाइटेनियम आवरणमा उपलब्ध रहेको छ।

मूल्यमा वाच ५ को ४४ हजार ९सय ९९ र वाच ५ प्रोको मूल्य ६४ हजार ९ सय ९९ कायम गरिएको कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?