नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिको अपमानः वामदेव गौतम

नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिको अपमानः वामदेव गौतम
+
-

काठमाडौँ–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन्।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाउनुभएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बताएका हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देश बेठिक नभएको बताए।उनले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताए।गौतमले यस विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताए।

उनले भने, ‘मैले त यसलाई पास गर्नुपर्छ। फर्काउनुपर्छ। जस्ताको त्यस्तै पठाउनुपर्छ। भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ। तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो। र त्यो राष्ट्रपति पदको अपमान हो। राष्ट्रिय सभाले कम्तिमा ति हरेक बुँदाहरुमा आज तपाई जे गर्दै हुनुहुन्छ त्यही निस्कर्ष निकाल्नुहुन्थ्यो हामी थियौँ नि वहस गर्ने विधेयक सम्बन्धमा। किन बोलाइएन हामीलाई? ती अत्यन्त ग्रहणिय छन् कतिपय विषयहरु। शिक्षा लिने किसिमका छन्। जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ। पुनर्विचार गर्नुपर्छ।’

उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाए।यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको उनको टिप्पणी थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?