
काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेको छ।
शुक्रबार ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ८९१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर १ हजार ५९५ पीसीआर तथा १ हजार २७४ एन्टिजेन परीक्षण भएको छ।