
छलफल भयो भागमा पर्ला भनेर
खाइ आएको खान्कि सर्ला भनेर।।
भर पर्न सकस आफ्नोलाइ समेत
मौका पाए अन्तर्घात गर्ला भनेर।।
दिउँ आफू नाङ्गो बजारमा लाज
दिनै पर्यो खोलापारि तर्ला भनेर।।
दुख्ला चित्त भनेर बाँडचुँड गरियो
आँखामा लोभी आँसु भर्ला भनेर।।
साङ्लोले बाँधी राखे बठ्याँइ गरेर
चुँडाली दाम्लो अन्तै चर्ला भनेर।।
हुन्छ हुन्छ भन्ने दाउ नपरेसम्म
जसो होला पछि आफै टर्ला भनेर।।
धेरैथरि लाइनमा आलो पालो भनी
भेट्नो गले नजिकतिर झर्ला भनेर।।