काठमाडौँ- निर्वाचनमा बहुमत प्राप्त दल नेकपा (एमाले)को स्थायी समितिको बैठक सुरु भएको छ।
बिहीबार दिउँसो तीन बजेतिर एमाले स्थायी समितिको ९३ औं बैठक ओली निवास बालकोटमा सुरु भएको हो।
यो बैठकमा प्रदेशसभाको समानुपातिक सदस्यहरुको नामावलीको औपचारिक सिफारिस हुने बताइएको छ।
समानुपातिकतर्फ एमालेले जम्माजम्मी ७५ सिट पाएको छ।
समानुपातिक सदस्यहरुको नामावलीको औपचारिक सिफारिस गरिने भनिए पनि बैठकले नेकपा–माओवादी केन्द्रसँगको पार्टी एकीकरण र वाम गठबन्धनको आगामी भविष्यबारे महत्वपूर्ण निर्णय गर्ने आशा गरिएको छ।
यो पनि हेर्नुहोस्:
एमाले स्थायी समितिको बैठक बस्दै

भर्खरै
लोकप्रिय






































































































































































































