काठमाडौं-महत्वपूर्ण संवैधानिक विषयमा प्रमुख दल र राष्ट्रपतिबीच खिचातानी भइरहेका बेला प्रदेश सभामा समानुपातिक सांसदहरुको छनौटमा वरियताक्रम हेरफेर नगर्न निर्वाचन आयोगले स्पष्ट गरेको छ।
प्रदेशसभामा समानुपातिक प्रतिनिधित्वका लागि छानिएका १३ दललाई बुधबार पठाएको पत्रमा आयोगले प्राप्त मतका आधारमा हरेक पार्टीले छान्न पाउने उम्मेदवारहरुको सूची पहिल्यै आयोगलाई बुझाइएको वरियताक्रमअनुसारै हुनुपर्ने उल्लेख गरेको छ।
उक्त पत्रमा वरियताक्रमअनुसार हरेक पार्टीबाट कोटाअनुसार प्रदेशसभामा जानुपर्ने उम्मेदवारहरुको नामसमेत उल्लेख गरिएको छ। आयोगको उक्त निर्णयले सूचीमा उल्लेखित नामहरु तलमाथि हुने सम्भावनालाई समाप्त गर्दै दलका निर्णायक तहलाई उक्त नाम अनुमोदन गरी आयोगसमक्ष पठाउन बाध्य पारेको छ। प्रदेशसभामा पाँच राष्ट्रिय र ८ अन्य दलहरुले समानुपातिक प्रतिनिधित्व पाउँछन्।
प्रदेशसभाका समानुपातिक सांसदहरुको सूची अनुमोदन गर्न एमाले स्थायी समितिको बैठक अहिले बालकोटमा बसिरहेको छ भने कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ।
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































